राष्ट्रपति र प्रधानमन्त्री बीच शितल निवासमा भेटवार्ता

११ बैशाख ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शितल निवासमा भेटवार्ता भएको छ ।

बिहीबार साँझ भएको भेटवार्तामा समसमायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताएका छन् ।

सल्लाहकार थापाका अनुसार यो नियमति भेटघाट हो । प्रधानमन्त्रीले राष्ट्रपतिलाई पछिल्ला घटनाक्रम र देशको अवस्थाबारे जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले आजै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा अध्यादेश फिर्ता लिने सकिने बताएको बुझिएको छ ।

स्रोतकाअनुसार भैसेपाटीस्थित उपाध्यक्ष बामदेब गौतमको निवासमा बसेको नेकपा अध्यक्ष प्रचण्डसहितका ६ जना सचिवालय सदस्यको छलफलले सचिवालय र स्थायी कमिटी बैठक बस्नुपर्ने निष्कर्ष निकालेको छ ।

उक्त छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल सहभागी रहेको स्रोतले बताएको छ ।

हिजो बुधबार स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र समेत पठाएका थिए ।