राष्ट्रियसभाका मनोनित सदस्यलाई शपथ लिने बाटो खुल्यो

२३ फागुन ०७४, काठमाडौं । सर्वोच्च अदालतले सरकारले सिफारिस गरेका राष्ट्रियसभाका तीनजना  मनोनित सदस्यलाई शपथ गर्न दिन आदेश जारी गरेको छ ।

प्रधानमन्त्री केपी  ओली नेतृत्वको सरकारबाट राष्ट्रियसभाका तीनजना  मनोनित सदस्यलाई सपथ गर्ने बाटो खोलिदिँदै अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीशद्वय केदार चालिसे र शारदा घिमिरेको इजलालले यसअघि दिइएको अल्पकालिन आदेश खारेज गरी अन्तरिम आदेश दिएको हो ।तीनजनाको नियुक्तिसम्बन्धी मुद्दा संवैधानिक इजालसमा गएको छ । ।

यो आदेशसँगै अर्थमन्त्री बनिसकेका डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्याललाई राष्ट्रिय सभा सदस्यको शपथ लिने बाटो खुल्ला भएको छ ।

यसअघि फागुन १३ गते सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले ओली सरकारबाट सिफारिस तीनै सदस्यलाई राष्ट्रिय सभाको शपथ लिन रोक लगाएको थियो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित तीनैजनाको शपथ तत्कालका लागि रोक्न दिएको आदेश खारेज गर्दै सर्वोच्चले सपथको बाटो खोलिदिएको हो ।

तपाइको मत