राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित

३० फागुन ०७४, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा सांसद गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार राष्ट्रियसभाको बसेको बैठकले तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष बनेको घोषणा गरेको हो ।

राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो ।

तपाइको मत