१४ चैत्र ०७४, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर तिमिल्सिनालेपार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् । तिमिल्सिना एमालेको पोलिटब्युरो सदस्य थिए ।
सो अवसरमा सञ्चारकर्मीले राष्ट्रियसभा मिडियामैत्री नरहेको भन्दै बैठक हलमा इन्टरनेट, कम्प्युटर, उभिने ठाउँ र राम्रो साउण्ड सिस्टमको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रिसभाको काम र धारणालाई जनतामा लैजान मिडियामेत्री हुनु पर्ने पत्रकारहरूले भनाई थियो ।













