१० माघ ०७४, काठमाडौं । माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा राजनीतिक दलहरुले बिहान १० देखि बेलुका ४ बजेसम्म मनोनयन दर्ता गरेका छन् ।
बुधबार विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले मनोनयन दर्ता गरेका हुन् ।
प्रदेश नं. १ मा १० जनाको मनोनयन परेको छ । एमालेको तर्फबाट ५, कांग्रेसको तर्फबाट ४ र माओवादीको तर्फबाट १ जनाले मनोनयन दर्ता गराएका छन् ।
एमालेबाट नैनकला ओझ, परशुराम मेघी गुरुङ, अगमप्रसाद वान्तवा, हरिचरण शिवाकोटि, खेम नेपाली र खड्ग बहादुर बस्नेतले मनोनयन दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रकाबाट मिना पोखरेलले मनोनयन दर्ता गराएकी छिन् ।
त्यस्तै नेपाली काँग्रेसबाट रामेशजंग रायमाझी, सरिता प्रसाई, महेकुमार जाजु र विमकुमार विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन् भने राप्रपाबाट अल्पसंख्याकमा अनुपमा देवी साहले मनोनयन दर्ता गराएकी छिन् ।
प्रदेश नं. २ मा ९ जनाको उम्मेदवारी परेको छ । यो प्रदेशमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले कांग्रेससँग सहकार्य गरेका छन् ।
राष्ट्रिय जनता पार्टीबाट रमेशप्रसाद यादव, कांग्रेसबाट जितेन्द्र देव, एमालेबाट सुमनराज प्याकुरेल र समाजवादी पार्टी नेपालबाट मोहम्मद अख्तर हुसेनले मनोनयन दर्ता गराएका छन् । महिलामा नेकपा माओवादी केन्द्रबाट शशीकला दाहाल, कांग्रेसबाट मुक्ताकुमारी यादव र फोरमबाट प्रमिला कुमारीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टीबाट बृजेशचन्द्र लालले उम्मेदबारी दिएका छन् भने दलिततर्फ फोरमबाट रामपृत पासवानले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश नं. ३ बाट १७ जनाको उम्मेदवारी परेको छ । वामगठबन्धनबाट एमालेले ६ , माओवादी केन्द्रले २, नेपाली कांग्रेसले ४, नेपाल मजदुर किसान पार्टीले ४ र राप्रपाले १ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमालेबाट खुलामा बलरामप्रसाद बास्कोटा र बेदुराम भुसाल, महिलामा दिलकुमारी रावल थापा र उदया शर्मा पौड्याल, दलितमा सिंगबहादुर विश्वकर्मा र अपांगमा रामचन्द्र राईले मनोनयन दर्ता गराएका छन् ।
माओवादी केन्द्रबाट खुलामा रामबहादुर थापा ‘बादल’ र महिलामा गंगा पराजुलीले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट खुलामा राधेश्याम अधिकारी, महिलामा धनकुमारी खतिवडा, दलितमा हरिशरण नेपाली र अपांगमा मदनकृष्ण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
नेपाल मजदुर किसान पार्टीबाट खुलामा कृष्ण बहादुर तामाङ, महिलामा गीता काफ्ले, दलितमा श्याम विशंखे र अल्पसंख्याकमा हिमालेश्वर मूलले मनोनयन दर्ता गराएका छन् भने राप्रपाबाट महिलामा लक्ष्मी देसारले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश नं. ४ मा १२ जनाले मनोनयन दर्ता गरेका छन् । एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धनकै तर्फबाट ६ जना, कांग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट दुईजनाले मनोनयन दर्ता गरेका छन्
एमालेबाट खुलामा पर्वतका गणेश तिमिल्सिना, अपांगमा स्याङजाका रामबहादुर थापा, महिलामा दीपा गुरुङ, र बागलुङका शान्ति अधिकारीले मनोनयन दर्ता गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट खुलामा बागलुङका दिनानाथ शर्मा र दलितमा स्याङजाका खिमबहादुर बिकले मनोनयन दर्ता गरेका छन् ।
नेपाली कांग्रेसबाट खुलामा गोरखाका सुरेन्द्रराज पाण्डे, कास्कीका महिलामा बिन्दा राना, अपांगमा तनहुँका प्रकाश पन्त र दलितमा पर्वतका जीतबहादुर नेपालीले मनोनयन दर्ता गरेका छन् ।
राष्ट्रिय जनमोर्चाबाट महिलामा बागलुङका मीना पुन र खुलामा बागलुङका कृष्ण अधिकारीले मनोनयन दर्ता गरेका छन् ।
प्रदेश नं ५ मा ११ जनाको मनोनयन दर्ता भएको छ । घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका ४, कांग्रेसका ४, माओवादी केन्द्रका २ र राष्ट्रिय जनमोर्चाका १ जनाले मनोनयन दर्ता गराएका हुन् ।
एमालेबाट खुलामा रुपन्देहीका खिमलाल भट्टराई, दलितमा पश्चिम नवलपरासीका रामलखन चमार, महिलामा रोल्पाकी मिना बुढा र दाङकी कोमल ओलीले मनोनयन दर्ता गरेका छन् ।
माओवादी केन्द्रबाट खुलामा अर्घाखाँचीका चन्द्रबहादुर खड्का र अपांगमा रोल्पाका राजकुमार कुँवरले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै, कांग्रेसबाट खुलामा रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय, दलितमा बाँकेका मैकुलाल बाल्मिकी, महिलामा दाङकी अनिता देवकोटा र अपांगमा रुकुम पूर्वका लुट बहादुर खत्रीले मनोनयन दर्ता गरेका छन् ।
प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । वामगठबन्धनबाट एमालेले ५, माओवादी केन्द्रले ३ जना र कांग्रेसले ४ जना उम्मेदवारहरुको मनोनयन दर्ता गरेका छन् ।
एमालेबाट खुलामा भैरवसुन्दर श्रेष्ठ, महिलामा कविता बोगटी र नन्दा शर्मा, दलितमा नरपति लोहार र अन्यमा ठकेन्द्र पुरीले मनोनयन दर्ता गरेका छन् ।
माओवादी केन्द्रबाट खुलामा कालीबहादुर मल्ल, अपांगमा जीवन बुढा र महिलामा युटुल तामाङले मनोनयन दर्ता गरेका छन् ।
कांग्रेसबाट खुलामा विष्णुबहादुर शाही, महिलामा सूर्यदेवी मल्ल, अपांगमा गोपालप्रसाद शर्मा र दलितमा नेत्रलाल सार्कीले मनोनयन दर्ता गरेका छन् ।
प्रदेश नं ७ मा १० जनाले मनोनयन दर्ता गरेका छन् । कांग्रेसका तर्फबाट ४, एमालेको तर्फबाट ४, माओवादी केन्द्रको तर्फबाट २ जनाले मनोनयन दर्ता गराएका छन् ।
एमालेबाट खुल्लामा शेरबहादुर कुँबर, महिलामा कमला ओली, दलितमा चक्रप्रसाद स्नेही र अल्पसंख्यक अपांगमा इन्दु कडरियाले मनोनयन दर्ता गरेका छन् । माओवादी केन्द्रबाट खुल्लामा हरिराम चौधरी र अपाङ्गमा महेश कुमार महराले मनोनयन दर्ता गरेका छन् ।
कांग्रेसबाट खुल्लातर्फ बद्री प्रसाद पाण्डेय, महिलातर्फ तारादेवी जोशी, दलिततर्फ शेरेराम पार्की र अल्पसंख्यक अपांगतर्फ छत्रराज जोशीले मनोनयन गरेका छन् ।