राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ दल दर्ता

२८ पुस ०७४,काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।

आयोगका अनुसार शुक्रबार अन्तिम दिनसम्म २१ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका हुन् । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगले दिएको समय शुक्रबार सकिएको छ ।

निवेदन दिएका राजनीतिक दलहरूमा नेकपा एमाले, नेकपा माओवादी, कांग्रेस, राजपा, फोरम, नेमकिपा, राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, विवेकशील साझा पार्टी, नयाँ शक्ति, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, परिवार दल, नेपाल नौलो जनवादी, नेपाल दलित पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् ।

तपाइको मत