राष्ट्रिय एकता र समृद्धिका लागि पत्रकारहरुले सकारात्मक भूमिका खेल्नुपर्छ –प्रचण्ड

१५ माघ ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता र समृद्धिका लागि पत्रकारहरुले सकारात्मक भूमिका खेल्नु पर्ने बताएका छन् ।

सोमबार प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक रहेको भन्दै त्यसका लागि पत्रकारहरुले सकारात्मक भूमिका खेल्नु पर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले पत्रकारीता क्षेत्रमा ठूलो परीवर्तन भएपनि जनपक्षीय पत्रकारीतामा विकास नभएको टिप्पणी गर्दै परिवर्तनलाई संस्थागत गर्न पत्रकारको ठूलो भूमिका हुने बताए । उनले युद्धकालमा कलम र बन्दुक दुवै मोर्चाले काम गरेको तर अब कलमको मोर्चाले मात्र परिवर्तनलाई  संस्थागत गर्ने बताए ।

अध्यक्ष दाहालले मुलुकलाई विकास र आर्थिक सम्वृद्धितर्फ अघि बढाउने आफूहरुको निष्कर्ष र पहललाई जनताले निकै उत्साहका साथ अनुमोदन गराएकाले अब सापेक्षिक रुपमा मुलुक राजनितिक स्थायित्व र शुसासन तर्फ अघि बढ्ने बताए ।

यसैबीच प्रेस सेन्टरले स्थापना गरेको शक्ति तारा स्मृति पत्रकारीता पुरस्कारबाट तुलसी दास महर्जनलाई सम्मान गरिएको छ ।

 

तपाइको मत