१७ भदौ ०७६, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत करीब दुई हजारको संख्यामा कर्मचारी माग गरेको छ ।
विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एम.आइ.एस. अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको हो ।
एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जना रहेको छ ।














