१० फागुन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस सुन्तली) लाई सद्भावना दुत बनाउने निर्णय गरेको छ ।
मंगलवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको कार्यकारी समितिको बैठकले भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापना सम्बन्धी काममा व्यक्तिगत तवरबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै हास्य कलाकारद्धय कट्टेल र घिमिरेलाई सद्भावना दुत बनाउने निर्णय गरेको हो ।













