राष्ट्र समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष दलहरु राष्ट्रिय मुद्दामा एकजुट हुनुपर्छ– अध्यक्ष प्रचण्ड

७ चैत्र ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष दलहरु राष्ट्रिय मुद्दामा एकजुट हुनुपर्ने बताएका छन् ।

बुधबार गिरिजा प्रसाद कोइरालाको स्मृति दिवसमा विपी कोइराला मेमोरियल कलेजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले विगतमा सत्ता पक्ष र प्रतिपक्ष मिलेर नै निरंकुश तन्त्र फालेको, गणतन्त्र ल्याएको, संविधान जारी गरेको र अहिले संविधान कार्यान्वयन गरेको स्मरण गर्दै  देशलाई समृद्ध बनाउन सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने बताए । उनले भने, ‘सत्ता पक्ष र प्रतिपक्षको रुपमा हामी राजनीतिक प्रतिस्पर्धा गर्छौं, गर्नु पनि पर्छ तर राष्ट्रिय मुद्दामा एकजुट हुनुपर्छ ।’

त्यस्तै प्रचण्डले देशलाई राम्रोसँग बुझेर, राजामहाराजाको कूनियतलाई बुझेर नै गिरिजाले सहमति, सहकार्य र एकताको बाटो सिकाएको बताउँदै भने, ‘यो भावनालाई हामी अगाडि बढाऔं, गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धान्जली र सम्मान हुनेछ ।’

तपाइको मत