राष्ट्र हित विपरीत गोप्य सहमति तथा सम्झौता गर्नेहरुलाई देशबाट लखेट्नु पर्छ – प्रचण्ड

९ बैशाख, काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्र हित विपरीत गोप्य सहमति तथा सम्झौता गर्नेहरुलाई देशबाट लखेट्नु पर्ने बताएका छन् ।

श्रीमतीको उपचार गर्ने बाहनामा दिल्ली पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार र माओवादी विरुद्धको जमघटमा भारतका शीर्षस्थ नेता, विदेश सचिव एस जयशंकर साथै हिन्दुवादी कांग्रेस नेता खुमबहादुर खड्का र अमरेशकुमार सिंह लगायतसँग बसेर गोप्य छलफल गरेपछि एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय शीर्ष नेताको चाकडी गरी देशमा आन्दोलन चर्काउने, हिन्दु राज्य स्थापनासम्मको माग उठाउने साथै राष्ट्र हित विपरीत गोप्य सहमति तथा सम्झौता गर्नेहरुलाई देशबाट लखेट्नु पर्ने बताएका हुन् ।

भारतीय मोदी सरकारले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतको चाहनाअनुसार काम नगरेकै कारण तराई–मधेशी जनताको ढाडमा टेकेर नेपालमा पाँच महिना भन्दा बढी नाकाबन्दी लगायो भने अहिलेसम्म नयाँ संविधानको स्वागत समेत गरेको छैन् ।

तपाइको मत