रुपन्देहीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी

१५ बैशाख ०७८, रुपन्देही । जिल्लामा कोभिड-१९ संक्रमण नियन्त्रणका लागि भोलि बिहीबारदेखि बैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ ।

मंगलबार एक आदेश जारी गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि भन्दै बैशाख ३० गते बिहान ६ बजेसम्मका लागि बैशाख १६ देखि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ ।