१७ साउन ०७७, काठमाडौं । अखिल नेपाल अटोमोबाइल मजदुर संघको प्रथम इकाई सम्मेलनले रुविन केसीको अध्यक्षतामा ११ सदस्यीय अटोकेयर इकाई समिति गठन गरेको छ ।
शुक्रबार अखिल नेपाल अटोमोबाइल मजदुर संघका केन्द्रीय अध्यक्ष पुरन्जन गिरीको प्रमुख अतिथ्यता साथै उपाध्यक्ष शेरबहादुर तामाङ, महासचिव कैलाश रानाको अतिथ्यतामा भएको सम्मेलनले केसीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
केसीको नेतृत्वमा गठित कार्यसमितिको उपाध्यक्ष कमल दर्नाल, सचिव रोशन पाण्डे, सहसचिव राजु महर्जन कोषाध्यक्ष जितेश महर्जन रहेका छन् । यस्तै सदस्यहरु दिपक भटाजु, कैलाश तामाङ (सरोज तामाङ), सन्तोष तामाङ, दशनारायण महर्जन, राज कुमार गुरुङ र रविन्द्र श्रेष्ठ रहेका छन् ।
यसैगरी सल्लाहकार समितिका संयोजक केशव नेपाली र सदस्य राजु तामाङ चयन भएका छन् । जि.ओ. अटोकेयर इकाई समितिको आयोजनामा स्वयम्भु, काठमाडौमा सम्मेलन सम्पन्न भएको हो ।