७ भदौ ०७७, रूपन्देही । जिल्लाको बुटवल–१२ स्थित कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना संक्रमित दुई जनाको निधन भएको छ ।
कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले उपचारको क्रममा आइतबार दिउँसो मृत्यु हुने संक्रमित बुटवल उपमहानगरपालिका वडा नम्बर १ की ६७ वर्षीया महिला र समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुष रहेको जानकारी दिए ।
संक्रमित महिलालाई साउन ३१ गते अस्पतालमा भर्ना गरिएको साथै अर्का पुरुष भदौ १ गते अस्पताल संक्रमण भएर आएको उनले बताए ।
डा.थापाले कोभिड–१९ संक्रमित पुरुषलाई २ गते र महिलालाई भदौ ३ गते भेन्टिलेटरमा राखिएकोमा आइतबार दुबै जनाको निधन भएको बताए ।
कुनै ट्राभल हिष्ट्री नरहेको महिला उच्च रक्तचाप र मृगौलासम्बन्धी बिरामी रहेकी थिइन् भने अर्का पुरुष भने १ हप्ता अगाडि भारत गएका थिए । उनलाई दीर्घरोग नरहेको तर श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।