रोका बनिन्, पहिलो महिला निर्वाचित प्रतिनिधि सभा सदस्य

२२ मंसिर ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रकी कमला रोका रुकुम पूर्वबाट पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छन् ।

निर्वाचनमा रोकाले १० हजार ४३४ मत पाइन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरे ।

२०३२ साल पुस १५ गते रुकुमको प्वाँङमा जन्मिएकी साथै कक्षा १० पढ्दा पढ्दै भूमिगत भएकी रोका माओवादी जनयुद्धको महिला छापामार पनि हुन् ।

तपाइको मत