
१६ जेठ ०७७, रोल्पा । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गाङ नजिक जाङडाँडामा चट्याङमा परेर रोल्पामा दुई महिलाको ज्यान गएको छ ।
शुक्रबार बिहान करिब १० बजेको समयमा सबिन बुढाको घरमा चट्याङ पर्दा २४ वर्षीया आशा बुढा र उनकी फुवु सासु ७५ वर्षीया खिर्मा बाठामगरको ज्यान गएको हो ।
त्रिवेणी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले चट्याङबाट दुई जनाको ज्यान गएको र सविन सामान्य घाइते भएको जानकारी दिए ।
उनले घटना लत्तगै गाउँले र जनप्रतिनिधिले जिल्ला अस्पतालबाट एम्बुलेन्स बोलाएर अस्पताल पु¥याइएको बताए । भने, उपचारकै क्रममा दुबै जना महिलाको मृत्यु भएको जिल्ला अस्पतालका डा. प्रकाश बुढाले जानकारी दिए ।
चार जनाको परिवार घरमै बसिरहेका बेला हावाहुरी र पानीसँगै परेको चट्याङले आशा र खिर्मा बेहोस भएका थिए ।
आशाको काखमा बसेको २ वर्षीय बालक भने सकुशल रहेको बताइएको छ ।













