२७ बैशाख ०७५, काठमाडौं । रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह पक्राउ परेका छन् ।
बिहीबार काशी तिवारी हत्याकाण्डमा जन्मकैद सजायको फैसला सुनाइएका मेयर कुशवाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।
उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले काशी तिवारी हत्या काण्डमा जिल्ला अदालत, बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाएको थियो ।
सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले मेयर कुशवाहलाई फैसला कार्यन्वयका लागि पक्राउ गरिएको पुष्टि गरे ।
उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए ।
यो फैसला न्यायाधीश लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको इजलासले २८ फागुनमै भएको भए पनि ढिला गरी सार्वजनिक भएको थियो ।













