२७ साउन ०७७, काठमाडौं । सरकारले हालै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त गरेका सुशील भट्टले कामकाज गर्न नपाउने भएका छन् ।
उच्च अदालत पाटनले भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न नपाउने भएका हुन् ।
उच्च अदालत पाटनका प्रवक्ता शम्भु रेग्मीले मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जानकारी दिए ।
उनले भने, ‘भट्टको नियुक्तिविरुद्ध अधिवक्ता जयबहादुर भुजेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई दायर गरेको रिटमा अदालतले बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा भट्टलाई कामकाज नगर्न आदेश दिएको छ ।’
पक्ष र विपक्षलाई अदालतले साउन ३२ गते छलफलमा बोलाएको पनि उनले बताए ।