२ जेठ ०७९, लमजुङ । जिल्लाको दुधपोखरी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका धनप्रसाद गुरुङ र उपप्रमुखमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ निर्वाचित भएका छन् ।
आइतबार राति सम्पन्न मत गणनामा प्रमुख गुरुङ ३ हजार ६५ मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर तामाङले २०२४ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङले २५६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कृष्ण गुरुङले १७७४ मत पाएकी छन् ।













