१० जेठ ०७४, काठमाडौं । पछिल्लो गणनाअनुसार ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन महर्जनले २४ हजार ६ सय ४२ मत लिएर विजयी भएका हुन् । उनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३ सय २६ मतको अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएको हो ।
दोस्रो स्थानमा रहेका ब्यन्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकी गीता सत्यालले १९ हजार ८ सय १९ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी हुन् ।
स्थानीय तहको निर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।
नेकपा एमालेले पछिल्लो मत परिणाम अनुसार १२० स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ ।
यसैगरी नेपाली काँग्रेसले १०४ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ भने अन्य दलले ७ स्थानमा विजय हासिल गरेको छ ।