१९ बैशाख ०७४, ललितपुर । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ ।
माओवादी केन्द्रबाट मेयरमा दिनेश महर्जन ‘दिपेश’ र हसिना शाक्यलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।
एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जिल्लाबाट उनको नाम आएको थियो । उपमेयरमा भने राप्रपाले उम्मेदवारी दिएको छ । एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर महानगरमा तालमेल हुने भएको छ ।
यसैगरी राप्रपाका राजुकाजी प्रधानले मेयरमा र हरिकृष्ण व्यञ्जनकारले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुर महानगरपालिकामा नेकपा माले र केही स्वतन्त्र उम्मेदवारको पनि उम्मेदवारी दर्ता भएको छ ।
मालेको तर्फबाट मेयरमा मोहनराज शाक्य र उपमेयरमा लक्ष्मी कुमारी श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।
राष्ट्रिय जनमुक्तिको तर्फबाट रोशन महर्जनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।













