१५ बैशाख ०७६, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रुमर खरीद गर्ने भएको छ ।
महानगरपालिकाले सडकमा रहेको धुलो सफा गर्नका लागि २ ब्रुमर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको हो ।
महानगरपालिकाले स्विट्रल्याण्डमा बनेको ब्रुमर खरीद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताउँदै ललितपुर महानगरपालिकाको शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुईवटा ब्रुमर पर्याप्त हुने बताए ।
प्रवक्ता महर्जनले महानगरपालिकाले खरीद गर्न लागेका ब्रुमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको जस्तै आधुनिक प्रविधिको रहेको पनि बताए ।
त्यस्तै, महानगरभित्रका सडक सफा गर्नका लागि महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ ।













