ललितपुर महानगरभित्र पर्चा, पम्प्लेट टाँस्नेेलाई कारबाही हुने

२९ मंसिर ०७७, ललितपुर । महानगरपालिकामा पर्चा पम्प्लेट टाँस्न, फुटपाथमा फोहोर फाल्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने साथै निर्माण समग्री राख्नेहरुलाई कारबाही हुने भएको छ ।

आइतबार सचेतना अभियानको शुभारम्भ गर्दै ललितपुर महागर नगनप्रमुख चिरिबाबु महर्जनले यस्तो बताएका हुन् ।

उनलेे भने, “महानगरपालिकाभित्र पर्चा पम्प्लेट टाँस्ने र त्यसमा लेखिएको संस्थालाई पनि कारबाही गर्छौं,” उनले भने, “फुटपाथमा फोहोर फाल्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने साथै निर्माण समग्री राख्नेहरुलाई पनि कारबाहीकाे दायरामा ल्याउछाैँ ।”

यस्तै पर्चा, पम्प्लेट र विज्ञापनहरुको सामग्री सडकको पोल, भित्ताहरुमा राख्दा सहर अशाेभनीय रहेको पनि उनलेे बताए ।