ललितपुर मिनिबस व्यवसायी संघमा निरत्न नेवाःको दादागिरि : छानबिन गर्ने कसले ?

२३ असार, ललितपुर । ललितपुर मिनिबस व्यवसायी संघको अध्यक्ष निरत्न नेवाःले ललितपुरमा सञ्चालन हुने सवारी साधनमा मनपरि र दादागिरि देखाएको भन्दै व्यवसायीहरुले नेवाःको विरोध गर्न थालेका छन् ।

Micro

अध्यक्ष नेवाःले ललितपुर मिनिबस व्यवसायी संघको लेटर प्याड समेत दुरुपयोग गरेर एउटै गाडीको परमिटमा दुई वटा गाडी सञ्चालन गर्न दिएर आर्थिक हिनामिना गरेको तथ्य हाकाहाकी डटकमले फेला पारेको छ ।

ललितपुर मिनिबस व्यवसायी संघका अध्यक्ष नेवाःले लगनखेल–गोदावरी चल्ने बा २ ख ४१५६ नम्बरको जम्बो हायस ललितपुरको टौखलमा २०७२ साउन ४ गते दुर्घटना भएपछि उक्त हायस सो रुटमा सञ्चालन गर्ने स्थिति नबनेपछि बा २ ख २२८७ नम्बरको जम्बो हायसको सट्टमा लगनखेल–रत्नपार्क रुटमा अनुमति दिएको देखिन्छ ।

अन्ततः अध्यक्ष नेवाःले बा २ ख २२८७ नम्बरको जम्बो हायसको सट्टमा लगनखेल–रत्नपार्क रुटमा बा २ ख ४१५६ नम्बरको जम्बो हायस सञ्चालन गर्न अनुमति दिएको र हाल पुनः बा २ ख २२८७ को नम्बरको जम्बो हायस पनि लगनखेल–रत्नपार्क रुटमा सञ्चालन गर्न अनुमति दिएपछि एउटै रुट परिमिटमा दुईवटा सवारी साधन सञ्चालन गर्न दिई आर्थिक अनियमितता गरेको खुल्न आएको हो ।

बा २ ख २२८७ नम्बरको जम्बो हायसका साहुले आफ्नो परमिटमा कुनै जानकारी बिना बा २ ख ४१५६ नम्बरको जम्बो हायस सञ्चालन गर्न दिएको भन्दै जिल्ला प्रशासन कार्यालय, ललितपुरमा निवेदन दिन गएको बुझिन्छ ।

यद्यपि अध्यक्ष निरत्न नेवाःले बा २ ख २२८७ नम्बर र ४१५६ नम्बरको जम्बो हायस साहुलाई तपाईं आफ्नो गाडी सञ्चालन गर्दै गर्नु म मिलाउँछु भन्दै विरोध गर्ने व्यवसायी संगठनका नेताहरुलाई ललितपुर मिनिबस व्यवसायी संघको कार्यालयमा छलफलका लागि भन्दै बोलाएर आर्थिक प्रलोभन दिई मिलाउन खोजेको स्रोतको दावी छ ।

तपाइको मत