३ चैत ०७६, काठमाडौं । विशेष अदालतले ललिता निवास निवास जग्गा प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृतलाई थुनामा पठाउने आदेश गरेको छ ।
विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्य चन्द्रबहादुर सारुको इजलासले ललिता निवास जग्गा प्रकरणका मुद्दामा बयान दिन सोमबार विशेष अदालतमा हाजिर भएका पौडेललाई थुनामा पठाउने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललाईसहित १ सय ७५ जनाविरुद्ध गत माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले पौडेलविरुद्ध ‘सरकारी तथा सार्वजनिक सम्पत्ति गैरकानूनी रुपमा आफ्नो वा अरुको नाममा दर्ता, भोग चलन गर्ने गराउने’ गरेको अभियोग लगाई ८ वर्षदेखि १० वर्षसम्म कैद सजाय र ३२ करोड १९ लाख २० हजार रुपैयाँ बिगो माग दाबी समेत गरेको छ ।