लाकुरी भञ्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२५ माघ ०७४, काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका-२ शंखुको लाकुरी भञ्ज्याङमा  मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो चापागाउँबाट इँटा बोकेर जाँदै गरेको बा १ ख ६७४० नम्बरको मिनिट्रक अपरान्ह ४ बजे घुम्तिमा मोड्ने क्रममा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मिनिट्रक सडकबाट झण्डै २ सय मिटर तल खसेको छ ।

 

 

 

तपाइको मत