१ असोज ०७६, काठमाडौं । सशस्त्र प्रहरीले वीरगञ्जबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले वीरगञ्ज–१६ स्थित वीरगञ्ज भन्सार कार्यालय पछाडी खेतको बाटो हुँदै नेपाल आउँदै गरेका आस्थामा रौतहट चन्द्रपुर नगरपालिका –४ का १८ बर्षीय रञ्जन परियार र २८ बर्षीय दिपेश राईलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुलाई ९/९ थान डाईजोल्याव नोफिन, फेनारगनसहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।













