फार्मेसी सञ्चालक लागूऔषधसहित पक्राउ

२३ माघ ०७४, काठमाडौं । लाजिम्पाटस्थित एक फार्मेसी सञ्चालक लागूऔषध नाइट्राजेपाम ट्याब्लेट बिक्री बितरण गरेकोले  प्रहरीले पक्राउ गरेको छ ।

लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक ३६ बर्षीय बुद्ध बज्राचार्य पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण व्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बज्राचार्यलाई फार्मेसीबाट नाइट्राजेपाम ८० ट्याव्लेटसहित पक्राउ गरेको थियो । उनलाई नाइट्राजेपाम ट्याब्लेट बिक्री वितरण गर्ने गोदावरी–१३, ललितपुरका ३८ वर्षीय विश्वनाथ खत्री समेत सोमबार पक्राउ परेका छन् ।

खत्रीलाई काठमाडौँ–१७, क्षेत्रपाटीबाट ४ सय १० ट्याव्लेट नाइट्राजेपाम र बा.६९ प १७७८ नम्वरको मोटरसाइकलसहित  नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत