३ बैशाख ०७५, सोलुखुम्बु । लुक्ला विमानस्थलमा अवतरणका क्रममा समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।
सोमबार समिट एयरको जहाज अवतरणका क्रममा रन वे मै टायर लक भएपनि दुर्घटनाबाट जोगिएको विमानस्थल सुरक्षा प्रशासनले जानकारी दिएको छ ।
अवतरणका क्रममा टायर लक भएपछि रनवेमै अड्किएको जहाजलाई पाइलटले पार्किङस्थलमा लगेका विमानस्थल सुरक्षा प्रशासनले जनाएको छ । यसबारेमा समिट एयरले केही बोलेको छैन ।













