२ माघ ०७९, बुटवल । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती ‘बसन्त’ को मात्रै उम्मेदवारी परेको छ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले दिएको जानकारीअनुसार उपसभामुखमा भने नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् ।
उपसभामुखमा नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेबी चौधरीको मनोनयन दर्ता भएको छ ।













