लोडसेडिङ उकालो लाग्यो, खाना पकाउने बेला आउने विद्युत भाग्यो

९ पुस, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । हाल हप्तामा ७० घन्टा रहेको लोडसेडिङ अब ७७ घन्टा हुनेछ । साथै, प्राधिकरणले तयार पारेको नयाँ तालिका अनुसार अब खाना पकाउने बेला पनि विद्युत आउने छैन ।

भारतीय नाकाबन्दीका कारण ग्यासको अभाव भएपछि धेरेले इन्डक्सनमा खाना पकाउने गरेका थिए । तर, यो नयाँ तालिका अनुसार अब विद्युत प्रयोग गरेर खाना पकाउन नपाइने भएको छ ।

शुक्रबारदेखि लागू हुने लोडसेडिङ तालिका यस्तो छ :

Loadshedding-Schedule

तपाइको मत