वडा सचिव घुस लिँदालिदै अख्तियारद्वारा रङ्गेहात पक्राउ

१९ साउन ०७४, राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव संजयकुमार देवलाई सेवाग्राहीसँग घुस लिँदालिदै रंगेहात पक्राउ गरेको छ ।

बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै सेवाग्राहीसँग ५३ हजार रुपैयाँ घुस लिँदालिदै अख्तियार टोलीद्वारा देव पक्राउ परेका हुन् ।

गाउँपालिकामा उपभोक्ता समितिमार्फत् गरिएको २ लाख ६८ हजारको सडक ग्राभेल काम सम्पन्न भएपछि भुक्तानी गराउन वडा सचिव देवले ५३ हजार रुपैयाँ घुस मागेका थिए ।

सो बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित पूर्वाञ्च क्षेत्रीय सम्पर्क कार्यालयमा उजुरी परेको थियो । अख्तियारका डिएसपी रमेश वस्नेतको नेतृत्वमा खटिएको टोलीले देवलाई घुस लिँदालिदै देवलाई पक्राउ गरेको थियो ।

देव सो गाउँपालिकाको वडा नं. १, ४ र ५ को सचिव पदको जिम्मेवारी सम्हालेका थिए ।

पक्राउ परेका देवलाई घुस रकमसहित आवश्यक कार्वाहीका लागि इटहरीस्थित सम्पर्क कार्यालय लगिएको छ ।

 

तपाइको मत