२४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठवन्धन अपवित्र, दक्षिणपन्थी र राष्ट्रियताको विपक्षमा रहेको आरोप लगाएका छन् ।
आइतबारबाट सुरु भएको युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सत्ता गठवन्धन अपवित्र, दक्षिणपन्थी र राष्ट्रियताको विपक्षमा रहेको आरोप लगाएका हुन् ।
ओलीले वर्तमान सरकारलाई विदेश नीति के भन्ने ? थाहा नभएको टिप्पणी गर्दै भने, ‘अपवित्र, दक्षिणपन्थी र आपराधिक गठवन्धन वास्तवमा राष्ट्रियताको विपक्षमा छ ।’
एमाले अध्यक्ष ओलीले प्रचण्ड सरकारसँग परराष्ट्र नीति बनाउने हैसियत नरहेको टिप्पणी समेत गरे ।













