वलीलाई थुनामा राखेर अनुसन्धान गर्न बाटो खुला

२७ चैत ०७५, काठमाडौं । हेमन्तप्रकाश वलीलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा दायर रिट खारेज भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता वलीका छोरी विपनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले बुधबार खारेज गरिदिएको हो ।

बुधबार सर्वोच्चले रिट खारेज गरेपछि सरकारले वलीलाई थुनामा नै राखेर घटनाको अनुसन्धान गर्न पाउने भएको छ ।

नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको सञ्चार माध्यममार्फत् जिम्मा लिएका वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो ।

प्रहरीले  विप्लव समूहका मध्य कमाण्ड इन्चार्ज वलीलाई संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

तपाइको मत