२१ पुस ०७५, कास्की । वाइडबडी प्रकरणमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राजनीतिक उद्देश्य मिसिएको हुनसक्ने बताएका छन् ।
कम्युनिष्ट पार्टीको बदनाम गर्ने तत्वले अनावश्यक हल्ला फैलाएको दाबी गर्दै मन्त्री पोख्रेलले पोखराका पत्रकारहरुसँग कुराकानीका क्रममा वाइडबडी प्रकरणमा दोषी देखिए आफ्नो पार्टीको वा अरु कोही भनेर छुट नदिइने बताए ।
‘उपसमितिको निर्णयलाई अदालतको फैसला जसरी प्रचार गरिएको छ’ मन्त्री पोखरेलले भने, ‘यो कम्युनिष्ट पार्टीको सरकारलाई बद्नाम बनाउने उद्देश्यले प्रतिवेदन आएको भान हुन्छ, यदि त्यस्तो भए प्रतिवाद गरिन्छ ।’
पार्टी नेतृत्वदेखि तल्लो तहका कार्यकर्ताहरु कसैलाई पनि नराम्रो काम गर्ने छुट नभएको भन्दै उनले सबैले सम्हालिएर प्रतिकृया दिनुपर्ने बताए ।













