वाइसिएलमा असन्तुष्टि, राजीनामा दिने चेतावनीसहितको विज्ञप्ति :

१० माघ, काठमाडौं ।

एनेकपा माओवादी निकट वाइसिएल नेपालको माघ ८ र ९ गते दुई दिनसम्म चलेर सम्पन्न भएको भेलाले नयाँ केन्द्रीय समिति गठन गरेसँगै वाइसिएल नेपाल विवादमा परेको छ ।

केन्द्रीय  समितिमा १७ जना पदाधिकारी रहे पनि अधिकांश पद सिन्धुपाल्चोकका नेताहरुलाई दिइएको भन्दै असन्तुष्टि बढेपछि अन्नतः १५१ सदस्यीय नवगठित कमिटीको विवाद सार्वजनिक भएको छ ।

राजधानीमा सम्पन्न भेलाले आरसी शर्माको अध्यक्षतामा १७ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको पदाधिकारीमा शून्य सहभागिता रहेको छ । प्रदेश नं. ७ का ११ जना केन्द्रीय सदस्यले सामूहिक राजीनामाको चेतावनी दिएका छन् ।

प्रदेश नं. ७ का प्रतिनिधि ललित थापा, रतन बहादुर सिंह, नरेन्द्र तिमिल्सेना, मीन ब. घर्ति मगर, दिल बहादुर थापा, केशव जोशी, मन्जु बम, खेमराज ओझा, इन्द्र कठायत, कमल बोहरा, अर्जुन साउदले संयुक्त विज्ञप्ति जारी गर्दै निर्णय पुरनरावोलकन नगरिए केन्द्रीय सदस्यबाट समेत राजीनामा दिने चेतावनी दिएका छन् । असन्तुष्टि बढेपछि चेतावनीसहितको विज्ञप्ति :

ycl

तपाइको मत