८ भदौ ०७८, तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका योङ्ग कम्युनिष्ट लीग (वाइसियल) अध्यक्षमा राजन बिसी सर्वसम्मत चयन भएका छन ।
मंगलबार म्याग्देकाे तिल्याहारमा भएको वाईसीएल म्याग्दे गाउँपालिकाकाे तेस्रो सम्मेलनबाट बिसी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
बिसीको अध्यक्षतामा गठित ४१ सदस्यीय कार्यसमितिमा उपाध्यक्षद्वय बिनोद विक, नविन श्रेष्ठ, सचिव हर्ख बहादुर राना, सहसचिव साजन थापा, कोषाध्यक्ष अमर थापा चयन भएका छन् ।
गण्डकी प्रदेश सभा सदस्य आशा काेइरालाकाे प्रमुख अतिथ्यतामा भएको उक्त सम्मेलनमा विशिष्ट अतिथि माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य मदन आले, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापा मगर साथै माओवादी केन्द्र तनहुँ जिल्ला कमिटी सचिवालय सदस्य खुमबहादुर विक राजु’ शुक्र चुमान, म्याग्दे गाउँपालिका अध्यक्ष डिलबहादुर नेपाली लगायतकाे आतिथ्यता रहेकोे थियोे ।