वाम ध्रुवीकरण सत्ताको लागि हो – महन्त ठाकुर

२ कार्तिक ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले एमाले र माओवादी केन्द्रको गठबन्धन सत्ता स्वार्थको लागि भएको आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी-भैलो कार्यक्रममा बोल्दै ठाकुरले एमाले-माओवादी गठबन्धन सत्ता स्वार्थको लागि भएको आरोप लगाएका हुन् ।

‘वामपन्थीहरुको गठबन्धन कुनै सिद्धान्तले गर्दा बनेको होइन’ ठाकुरले भने, ‘वाम ध्रुवीकरण सत्ताको लागि हो, उत्तर र दक्षिण नमिल्ने शक्तिहरु एक ठाउँमा आउन र मिल्न नै सक्दैनन् ।’

कार्यक्रममा नेता ठाकुरले कांग्रेससँग चुनावी गठबन्धन गर्ने बताएका छन् ।

‘कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब-करिब सहमति भइसक्यो’ ठाकुरले भने, ‘हामी अन्तिम छलफलमा जुटेका छौं ।’

उनले राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनलाई ५५ सिट चाहिन्छ भनेर काँग्रेससँग छलफलमा जुटेको पनि बताए ।

तपाइको मत