२९ पुस ०७६, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कुनै पनि बैदेशिक विकास सहयोगलाई अनावश्यक उचालेर छिमेकीसँगको सम्बन्धलाई बिगार्न नहुने बताएका छन् ।
मंगलबार दोस्रो रुरु महोत्सव उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले बैदेशिक विकास सहयोगलाई उचालेर छिमेकीसँगको सम्बन्धलाई बिगार्न नहुने बताएका हुन् ।
असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध नेपाल कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने मन्त्री ज्ञवालीले स्पष्ट पारेका छन् ।
“कुनै पनि देशको विकास सहायतासँग बन्दुक जोडिएर आउँदैन” मन्त्री ज्ञवालीले भने, “विकास सहायता सबै देशबाट लिने सरकारको स्पष्ट नीति रहेको छ ।”
पुस २९ देखि माघ ९ गतेसम्म गुल्मी उद्योग वाणिज्य संघ रिडी र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा “रुरु महोत्सव गौरव हो हाम्रो, सम्बद्र्धन गरौं, धर्म र संस्कृतिको राम्रो’ भन्ने मूलनाराका साथ आजदेखि दोस्रो रुरु महोत्सव सुरुभएको छ ।















