११ बैशाख ०७४, बिराटनगर । महन्त ठाकुरले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन भए आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् ।
सोमबार बिराटनगरमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल अध्यक्ष ठाकुरले सरकारसँग भएका सहमति अक्षरशः कार्यान्वयन भए चुनावमा सहभागी हुने बताएका हुन् ।
ठाकुरले अब सरकारसँग कुनै नयाँ सहमति नहुने पनि बताउँदै शनिबार सरकार र मोर्चाबीच कुनै सहमति नभएको तर पुराना सहमति कार्यान्वयन गर्न सुझाव मात्रै दिएको बताए ।
सरकारले मोर्चासँग गरेको सहमति कार्यान्यन नगरेको खण्डमा चुनावमा भाग नलिने पुरानो अडान यथावत रहेको पनि ठाकुरले बताए ।