विजया दशमी, दीपावली तथा छठजस्ता चाडहरुमा चियापान कार्यक्रम गर्न रोक

४ असोज ०७४, काठमाडौं । निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठजस्ता चाडहरुमा चियापान कार्यक्रम गर्न रोक लगाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई व्यवधान उत्पन्न गराउन सक्ने भएकाले राजनीतिक दलहरु तथा दलसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले सार्वजनिक रुपमा सार्वजनिकस्थलमा चियापान समारोह तथा भोजभतेर गर्न रोक लगाएको हो ।

मिति ०७४ भाद्र १४ गतेदेखि निवार्चन आचारसंहिता लागू भइरहेकोले चियापान समारोह तथा भोज भतेरले  मंसीर १० र २१ गते  हुन गइरहेको  प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्ने हुँदा सार्वजनिक स्थानमा चियापान समारोह तथा भोज भतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण परिपालन गर्न गराउन  आयोगले आग्रह गरेको हो ।

आयोगले राजनीतिक दल, सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूलाई यस निर्णयबारे जानकारी गराएको छ ।

तपाइको मत