६ माघ ०७५, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष बालानन्द पौडेललाई सिफारिस गरेको छ ।
आइतबार बसेको संवैधानिक परिषद्को बैठकले पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्ष सिफारिस गरेको हो । उनले यसअघि स्थानीय तह पुनर्संरचना आयोग भएर काम पनि गरेका थिए ।
प्रदेशहरुले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो ।
यस्तै, समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ ।













