विदेशी विज्ञापनको प्रभाव रोक्न ‘क्लिन फिड’ लागू गर्ने सरकारको निर्णय

७ साउन, काठमाडौं । राष्ट्रिय आमसञ्चार नीति, २०७३ स्वीकृत गर्दै शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विदेशी विज्ञापनको प्रभाव रोक्न ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकले स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न तथा विदेशी विज्ञापनको प्रभाव रोक्न ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको हो ।

नेपाली बजारलाई उपयोग गर्दै विज्ञापन बजारको फाइदा उठाइरहेका भारतीय टेलिभिजन च्यानलको दवादवालाई मन्त्रीपरिषद् बैठकले छाड्ने संघारमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओली सरकारले समस्यामा पारिदिएको हो ।

मन्त्रीपरिषद्को निर्णयसँगै ओली सरकारले गरेको यो निर्णयले नेपाली टेलिभिजन, विज्ञापन निर्माता खुशी देखिएका छन् ।

नेपालविरुद्धको समाचार पनि प्रसारण गर्ने र नेपाली बजारमा निर्वाध विज्ञापन गरी भारतीय उत्पादनको विज्ञापन समेत गरिरहेका भारतीय टेलिभिजन च्यानलले अब भने नेपालमा विज्ञापनरहित प्रसारण मात्र गर्न पाउने भएका छन् ।

यो नीतिले विदेशिएको विदेशी मुद्रा कम गर्न, नेपालमा राजस्व र रोजगारी बढाउन तथा नेपाली भाषा र संस्कृतिमा परेको नकारात्मक प्रभाव कम गर्न सघाउने दावी गरिएको छ ।

यो नीति नेपालभित्र प्रसारित हुने विदेशी टेलिभिजनका विज्ञापनमा लागू हुनेछ । नीति लागू भएपछि भारतीय टेलिभिजनबाट प्रसारित विज्ञापनको प्रभाव नेपालमा नहुने भएकोले यसको फाइदा नेपालबाट प्रसारण हुनेछ ।

सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही साउन ५ गते आफ्नो प्रतिवेदन बुझाएको र सोही प्रतिवेदनअनुसार मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को २०७२ माघ १० मा गठित समितिले दिएको सुझावका आधारमा सो नीति स्वीकृत गरिएको जानकारी सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारकर्मीलाई दिए ।

तपाइको मत