प्राधिकरणका केही तत्व प्रणाली बिगार्न लागिपरेको सूचना प्राप्त भएको छ – घिसिङ

८ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले विद्युतभार कटौती अन्त्य भएको सहन गर्न नसक्ने केही तत्वले प्रणाली बिगार्न लागिपरेको सूचना आफूलाई प्राप्त भएको बताएका छन् ।

नेविप्रा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनको एकता सम्मेलनलाई  सम्बोधन गर्दै कार्यकारी प्रमुख घिसिङले विद्युतभार कटौती अन्त्य भएको सहन गर्न नसक्ने केही तत्व प्रणाली बिगार्न लागिपरेको बताएका हुन् ।

घिसिङले काठमाडौँ उपत्यकामा हटाइएको विद्युतभार कटौतीलाई मुलुकभर नै विस्तार गर्ने योजनामा प्राधिकरण लागिपरेको जानकारी दिँदै यसमा नागरिक तहबाट पनि सहयोगको अपेक्षा गरिएको बताए ।

उनले घाटामा रहेको प्राधिकरण एकाध वर्षमा नाफामा जाने गरी काम सुरु भएको विश्वास दिलाउँदै प्राधिकरण ऐनानुसार साधारण सेयर जारी गरिने र जनतालाई समेत लगानीका लागि आग्रह गरिने बताए ।

तीन वर्ष पहिले २९ अर्ब रूपैयाँ घाटा सरकारले व्यहोरेको प्राधिकरणको घाटा हाल ३५ अर्ब रूपैयाँ पुगेको छ ।

तपाइको मत