८ भदौ ०७४, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लामो सयमसम्म महशुल नबुझाएका ग्राहकलाई १५ दिनको सूचना जारी गरेको छ ।
प्राधिकरणले बिहीबार प्रकाशित गरेको सूचनामा मिटर रिडिङ भएको ६० दिनसम्म पनि महशुल नबुझाएका ग्राहकलाई १५ दिनभित्र बक्यौता नबुझाए लाइन काट्ने जनाएको छ ।
मंगलरबार मात्रै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महशुलको बक्यौता रकम उठाउन विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए ।
लामो समयदेखि विद्युत् महशुलको बक्यौता उठाउँन बाँकी रहँदा विद्युत् प्राधिकरणलाई ठूलो आर्थिक भार परेको छ । विद्युत प्राधिकरणलाई आर्थिक भार कम गर्न र बक्यौता नतिर्ने प्रवृतिको अन्त्य गर्न ऊर्जामन्त्री शाहीले यस्तो कदम चाल्नु परेको बताएका थिए ।
मन्त्रालयले पत्रमार्फत निश्चित समयसीमा तोकेर सूचना जारी गर्न र तोकिएको समय सीमाभित्र बक्यौता रकम नबुझाउने, रकम बुझाउन आनाकानी गर्नेलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।
वाषिर्क ९० करोडको घाटामा रहेको प्राधिकरणले ११ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।
प्राधिकरणले जारी गरेको १५ दिनको सूचना :