२ भदौ, काठमाडौं । तीन वटा विद्युत प्रसारण लाइन विस्तारका लागि सरकारले वन क्षेत्रमा पर्ने रुख कटानी गर्ने र हटाउने सम्वन्धि विशेष निर्णय गरेको छ ।
वन ऐन अनुसार कुनै पनि प्रयोजनका लागि साउन-भदौ महिनामा रुख काट्न निषेध गरेको भएपनि सरकारले साउन, भदौ र असोज महिनामा प्रसारण लाइन विस्तारका लागि राष्ट्रिय बन क्षेत्रका रुख काट्न सक्ने निर्णय गरेको छ ।
प्रसारण लाइन विस्तारका लागि सरकारले ४ सय केभी क्षमताको हेटौडा-ढल्केबर-दुहवी प्रसारण लाइन आयोजना, २२० केभी क्षमताको हेटौंडा बर्दघाट प्रसारण आयोजना र १३२ के.भी. क्षमता भएको भुलभुले-मध्यमस्र्याङदी प्रसारणलाइन आयोजनाहरु निर्माण गर्न बनक्षेत्रको रुख हटाउने अधिकार दिएको हो ।