विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको कार्यकाल आज सकिँदै

२८ भदौ ०७७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिँदैछ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जामन्त्री जनार्दन शर्माले २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त गरेका घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार पूरा भएको हो ।

नेपाल विद्युत प्राधिकरणमा २०५१ सालमा सातौं तहको इन्जिनियरबाट प्रवेश गरेका कार्यकारी निर्देशक घिसिङले आफ्नो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर चौतर्फी प्रशंसा कमाएका छन् ।

उनले आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा समेत लगेसँगै कार्यकारी निर्देशक घिसिङलाई कार्यकारी निर्देशक दोहो-याउन जनस्तरबाट माग भइरहेको छ ।

तर, सरकारले प्राधिकरणको नयाँ कार्यकारी निर्देशक को बन्दैछ भन्नेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् सम्भववतः भोलि बस्ने मन्त्रिपरिषदको नियमित बैठकले कार्यकारी निर्देशक नियुक्त गर्ने सम्भावना रहेको छ ।