२१ जेठ ०७९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतलाई कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात गर्न लागेको हो ।
कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत गरी कूल १७७.७ मेगावाट विद्युत प्राधिकरणले आजै रातिदेखि भारत निर्यात गर्ने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार शनिबार रातिबाट निर्यात हुने विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रूपैयाँ (७ भारू) रहेको छ ।













