२६ पुस, काठमाडौं । स्थानीय विकास मन्त्रालयले ७ वर्षदेखि विद्युत महसुल नतिरेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुलाई सडक बत्ती प्रयोग गरेवापत विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बाँकी रकमबारे जानकारी दिन निर्देशन दिएको छ ।
मन्त्रालयले ७ वर्ष अवधिको कति रकम तिर्न बाँकी छ ? भन्दै विवरणसमेत माग गरेको छ ।
मन्त्रालयले त्यसको विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराइदिन निर्देशन दिएको छ ।