विद्युत महसुल वृद्धि गरियो : नेपाल विद्युत प्राधिकरण

१७ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत प्राधिकरणको सिफारिसमा महसुल निर्धारण आयोगले साउन १ गतेदेखि लागू हुनेगरी सात तहमा वर्गीकरण गरेर महसुल वृद्धि गरेको छ ।

बिहीबार बसेको बैठकले प्राधिकरणको महसुल  वृद्धि गर्ने प्रस्तावलाई स्वीकृत गरेको महसुल निर्धारण आयोगले जनाएको छ।

नयाँ महसुल दर :

न्युनतम २० युनिटसम्म विद्युत उपभोग गर्दा न्यूनतम ३० रुपैयाँ प्लस प्रतियुनिट ३ रूपैयाँका दरले तिर्नुपर्ने भएको छ ।

  • २१ युनिट देखि ३० युनिटसम्म न्यूनतम ५० रुपैयाँ र अर्को प्रतियुनिट ७ रूपैयाँ तिर्नुपर्ने हुन्छ।
  •  ३१ देखि ५० युनिटलाई प्रतियुनिट साढे ८ रुपैयाँ र न्यूनतम शुल्क ७५ रुपैयाँ
  • ५१ देखि ५० युनिटसम्मलाई ११ रुपैयाँ महशुल र शुल्क १ सय रुपैयाँ
  • १५१ देखि २०० युनिटसम्मलाई प्रतियुनिट १२ रुपैयाँ १२५ रुपैयाँ शुल्क
  • २०१ देखि ४ सय युनिटसम्मलाई १३ रुपैयाँ र न्यूनतम शुल्क १५० रुपैयाँ
  • ४ सयदेखि माथिलाई प्रतियुनिट १४ रुपैयाँ र न्यूनतम शुल्क १७५ प्रस्ताव गरेको आयोगले जनाएको छ ।

हाल २० युनिट खपत गर्ने साना उपभोक्ताले १० रुपैयाँ बढी महशुल दर तिर्नुपर्ने भएको छ जबकी  हाल ८० रुपैयाँ छ । आयोगले प्रतियुनिट न्यूनतम ३ रुपैयाँदेखि बढीमा १४ रुपैयाँसम्म महशुल दर प्रस्ताव गरेको छ भने उद्योगमा लिदै आएको डिमाण्ड शुल्क पनि बढाएको आयोगले जनाएको छ  ।

तपाइको मत